१ लाख ५३ हजार २ सय २० जनाले आज चिन्ह पाउँदै

१ लाख ५३ हजार २ सय २० जनाले आज चिन्ह पाउँदै

निर्वाचन अधिकृतको कार्यालयबाट आज मुलुकभरका विभिन्न पदमा उठेका उम्मेदवारलाई चिह्न प्रदान गर्न लागिएको छ । हिजो साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उनीहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

गत आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गराएर नाम फिर्ता नलिएकालाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । जसअनुसार राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रमसंख्या १ देखि ६ सम्म कायम रहेको निर्वाचन चिह्न प्रदान गरिने छ ।

जसमा पहिलो नम्बरमा नेकपा एमालेको ‘सूर्य’,दोस्रोमा नेपाली काँग्रेसको ‘रुख’, तेस्रोमा नेकपा माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा एकीकृत समावादीको ‘कलम’ चिह्न राखिएको छ ।

अन्य राष्ट्रिय मान्यताप्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारलाई भने मतपत्रमा रहेका चिह्नबाट रोज्न लगाइनेछ ।

यस पटकको स्थानीय तह निर्वाचनका लागि ९५ हजार दुई सय ५३ पुरुष र ५७ हजार नौ सय ६७ महिला गरी कूल एक लाख ५३ हजार दुई सय २० जनाको उम्मेदवारी कायम भएको छ ।

टिप्पणीहरू