राप्रपाको चुनावी प्रचार पूजापाठ गरेर

राप्रपाको चुनावी प्रचार पूजापाठ गरेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी काठमाडौंमा चुनावी प्रचार थालेको छ । पार्टीले आज बिहान कोटेश्वरको मन्दिरमा पूजापाठ गरेर स्थानीय तहको चुनावी प्रचार प्रारम्भ गरेको हो ।

राप्रपाले आज कोटेश्वरबाट घरदैलो कार्यक्रम थालेको छ । पार्टीका नेता तथा कार्यकर्ताले तिनकुनेस्थित गणेश मन्दिरमा पूजापाठ गरेर घरदैलो कार्यक्रमको प्रारम्भ गरेको हो ।

कार्यक्रममा राप्रपाबाट ३२ नम्बर वडामा अध्यक्षका उम्मेदवार विष्णुराज गजुरेल र काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार मदनदास श्रेष्ठको नेतृत्वमा भएको छ ।

निर्वाचनको प्रचार प्रसार आचारसंहिता लागू नहुञ्जेल गरिने बताइएको छ ।

टिप्पणीहरू