महेन्द्रनगरको होटलमा युवक मृत फेला

महेन्द्रनगरको होटलमा युवक मृत फेला

महेन्द्रनगरस्थित नाइन इलेभन होटलमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । युवकलाई कोठाभित्र मृत अवस्थामा फेला पारिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी भीमदत्त नगरपालिका १५, निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय भएको खुलेको छ ।

तर उनको मृत्युको कारण खुल्न नसकेकाले प्रहरीले आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू