ज्यानमारा बाघको खोर भरिभराउ

ज्यानमारा बाघको खोर भरिभराउ

विभिन्न निकुञ्ज र वन क्षेत्रमा मानिसमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर राख्न चितवनमा विशेष खोरको व्यवस्था गरिएको छ । तर, मुलुकका विभिन्न भागमा नरभक्षी बाघको संख्या बढ्दै गएकाले तिनलाई समातेर राख्न भएका खोर भरिएका हुन् ।

चितवनमा ज्यानमारा बाघलाई राख्न कसरा र सौराहामा खोर बनाइएको छ । कसराका दुई वटा खोरमा दुई वटा बाघलाई यसअघि नै राखिएको छ । एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो ।

पछिल्लो पटक समातिएको चितवनको बाघलाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । अब ती बाघको आनिबानी हेरेर मात्र आवश्यक निर्णय गरिने भनिएको छ ।
केही समयसम्म थप नरभक्षी बाघ समाते पनि राख्ने ठाउँको अभाव भएको बताउन थालिएको छ ।

टिप्पणीहरू