खुमलटार, बालुवाटार र कोटेश्वरमा भेटवार्ता निरन्तर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज पनि हिजो पनि भेटवार्ता भएका छन् । आज बिहान अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच बिहान दुई घण्टा लामो कुराकानी भएको हो ।
उहाँहरुबीच बिहान ८ बजेदेखि १० बजेसम्म छलफल भएको बताइन्छ ।
उता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच हिजो साँझ ५ बजेबाट झण्डै एक घण्टा भेटवार्ता भएको थियो ।
हिजै कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा नेपाल र श्रममन्त्री कृष्णकुमार श्रेष्ठबीच हिजो साँझ झण्डै डेढ घण्टा छलफल भएको छ । अध्यक्ष नेपालसँग छलफल गर्न मन्त्री श्रेष्ठ साँझ साढे ६ बजे कोटेश्वर पुग्नुभएको थियो ।
टिप्पणीहरू