काँग्रेस र एमालेका कार्यकर्ताबीच हानाहान, उम्मेदवार घाइते

काँग्रेस र एमालेका कार्यकर्ताबीच हानाहान, उम्मेदवार घाइते

पूर्व नवलपरासीमा सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । हिजो राति हुप्सेकोट गाउँपालिका-१ मा दुईपक्षीय विवाद चर्किंदै जाँदा कार्यकर्ताहरु कुटाकुटमा उत्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष पाण्डेका अनुसार झडपमा दुवैतर्फका चार जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका तीन जना कार्यकर्ता छन् भने नेपाली काँग्रेसकी गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मीदेवी पाण्डे पनि घाइते भएकी छन् ।

चुनाव प्रचारमा प्रयोग भएको काँग्रेस उम्मेदवार लक्ष्मीको गाडिसमेत तोडफोड भएको उनले बताए । घाइते भएका चारै जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ ।

स्थानीय तह निर्वाचन लक्षित चुनाव प्रचार प्रसार कार्यक्रम गरेर घर फर्किने क्रममा उनीहरुबीच विवाद हुदाँ झडप भएको डिएसपी पाण्डेले जानकारी दिए । काँग्रेस उम्मेदवार पाण्डे अघिल्लो निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

टिप्पणीहरू