नारायणदत्त पौडेल सशस्त्र प्रहरीको एआईजीमा सिफारिस

नारायणदत्त पौडेल सशस्त्र प्रहरीको एआईजीमा सिफारिस

सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवाको निम्ति डीआईजी नारायणदत्त पौडेललाई सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको सिफारिसमा पौडेलको नाम छनौट भएको हो ।

 

गृह सचिवको संयोजकत्वमा रहेको उक्त कमिटीको सदस्य सचिव महानिरीक्षक रहने प्रावधान छ । आज अबेर महानिरीक्षक राजु अर्यालले हस्ताक्षर गरेको सिफरिस सूचना प्रकाशित गरिएको छ । सूचनामा उक्त सिफारिसमा चित्त नबुझ्नेले सात दिनभित्र समितिसमक्ष उजुरी गर्न सक्ने भनिएको छ ।

सशस्त्रमा रिक्त एक जना अतिरिक्त प्रहरी महानिरीक्षक पदको निम्ति उक्त सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू