उम्मेदवारको घर नजिकै प्रेसर कुकर बम
नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकैको मकैबारीमा तारजडित अवस्थामा प्रेसर कुकर भेटिएको छ । मोरङको सुन्दर हरैचा नगरपालिका–११ मा प्रेसर कुकर बम जस्तोदेखिने शंकास्पद वस्तु फेला परेको हो ।
बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीसहित नेपाली सेनाको टोली डिस्पोजका लागि परिचालित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
शंकास्पद तारजडित प्रेसर कुकरमा ‘कथित स्थानीय चुनाव बहिष्कार गरौँ’ नारा लेखेर टाँसिएको छ ।
टिप्पणीहरू