प्रधानमन्त्रीले भाषण गर्ने ठाउँ जलमग्न

प्रधानमन्त्रीले भाषण गर्ने ठाउँ जलमग्न

आज चितवनको भरतपुरमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले भाषण गर्ने ठाउँ रातभरीको वर्षाले जलमग्न भएको छ ।

भाषणको निम्ति बनाइएको स्टेजको झण्डै तीन फिटसम्म पानी जमेको छ । स्रोताहरु बस्ने चौरमा पनि त्यत्तिकै गहिराईको पानी जमेको हो ।

हिजो साँझ सजाइएको स्टेज पनि रातिको पानीले भिजाइदिएको छ । भने अन्य सजावटका सबै सामान भिजेर बिजोग देखिएका छन् ।

टिप्पणीहरू