हिजो भरतपुरमा, आज काठमाडौंको रत्नपार्कमा

हिजो भरतपुरमा, आज काठमाडौंको रत्नपार्कमा

सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावीसभा गर्ने भएको छ । दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा सभा हुने बताइएको छ । सभामा हिजो चितवनको भरतपुरमाजस्तै गठबन्धनमा सामेल दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको सभामा पनि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका एक जना नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू