६ तले भवनको भग्नावशेषबाट ७ दिनमा जीवितै उद्धार
चीनको मध्य भागमा रहेको छाङ्शा शहरमा उद्धारकर्ताहरूले एउटी महिलालाई छ तले– भवनको भग्नावशेषबाट सात दिनपछि पनि जीवितै उद्धार गरेका छन् ।
ती महिलालाई हिजो बिहान उद्धार गरिएको थियो । उनले भग्नावेशमा पुरिएको स्थानबाटै उद्धारकर्ताहरूलाई आफूलाई कसरी सुरक्षित रूपमा बाहिर निकाल्ने भनेर सल्लाह दिएकी थिइन् ।
उद्धारकर्ताहरूले भग्नावेशषभित्र पुरिएका जीवित मानिसबारे पत्ता लगाउन विभिन्न उपाय उपनाएका थिए । उनीहरुले परम्परागत विधिको रुपमा कराएर बोलाएका थिए भने विशेष तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरिएको बताइन्छ ।
५३ जनाको निधन भएको उक्त घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । हिजो बिहान जिवितै निकालिएकी महिलाले भग्नावशेषमा एक सय ३२ घण्टा बिताएकी थिइन् । यसअघि अर्की महिलाको ८८ घण्टापछि जिवितै उद्धार गरिएको थियो ।
ती महिलाले आफूले नजिकै रहेको थोरै पानीले मुख भिजाउँदै र शरिरलाई न्यानो बनाएर बसेको बताएकी छन् । अघिल्लो शुक्रबार दिउँसो भत्किएको उक्त घरमा एउटी २१ वर्षे युवती खाटमा सुतेको अवस्थामा घर भत्किए पनि उनी बाँचेकी थिइन् ।
उनले भनिन्,‘सबै खस्यो, तर म सुुतेको पलंगमा टाँड परेकाले बाँचे । नजिकैको पानी पुर्याइ पुर्याइ खाएँ । मोबाइल फोन पनि ब्याट्ी जोगाउँदै प्रयोग गरेँ ।’
उक्त दुर्घटनामा जिम्मेवार ठानिएका निर्माण ठेकेदारलगायत नौ जनालाई प्रहरीले पक्रेको छ ।
टिप्पणीहरू