संखुवासभामा दुई दर्जन काँग्रेस नेता कार्यकर्ता निष्कासित
नेपाली काँग्रेस संखुुवासभाले बागी उम्मेदवारी दिएका र तिनलाई सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ । काँग्रेस जिल्ला कार्यसमितिले सत्तारुढ पाँच दलीय गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा उनीहरुका प्रस्तावक र समर्थक गरि २३ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
पार्टी कारबाहीमा परेकाहरुमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलिप तामाङ, आङरिञ्जे शेर्पा, धनबहादुर तामाङ र दिलिप विक हुन् ।
उता पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाहीस्वरुप पार्टीबाट निष्कासन गरिएको काँग्रेस जिल्ला समितिले जनाएको छ ।
टिप्पणीहरू