सरकारी मोटरसाइकल खोलाको बगरमा पुर्ने को ?

सरकारी मोटरसाइकल खोलाको बगरमा पुर्ने को ?

नुवाकोटमा सरकारी मोटरसाइकल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको छ । लिखु गाउँपालिका ६, सिन्दुरे खोलाको बगरमा पुुरिएको मोटरसाइकल सशस्त्र प्रहरीले फेला पारेको हो ।

प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल पुरिएको अवस्थामा फेला परेको बताइएको छ । निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोलीले बगरमा ह्याण्डिल देखेपछि खोतलेर हेर्दा मोटरसाइकल देखिएको हो ।

मोटरसाइकल आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

टिप्पणीहरू