गठबन्धनका नेताले बुटवल, जनकपुर र तनहुँको आमसभामा सम्बोधन गर्ने

गठबन्धनका नेताले बुटवल, जनकपुर र तनहुँको आमसभामा सम्बोधन गर्ने

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज बुटवल र तनहुँको सदरमुकाम दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति सत्तारूढ पाँच दलीय गठबन्धनले मुलुकका विभिन्न भागमा राखेको चुनावी सभालाई सम्बोधन गर्न उहाँ त्यता जान लाग्नुभएको हो ।

प्रधानमन्त्री बाहेक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बाेधन गर्नुहुनेछ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता प्रकाशशरण महतले पनि सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्री, अध्यक्ष नेपाल, पाैडेललगायत नेताहरू चढ्नुभएकाे हेलिकप्टर बालुवाटारबाट बिहान साढे १० बजे बुटवलतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिजै जनकपुर गइसक्नुभएको छ । गठबन्धनले दिउँसो २ बजे जनकपुरमा आमसभा राखेको छ । गठबन्धनले अस्ति भरतपुर र हिजो राजधानीमा आमसभा गरिसकेको छ ।

टिप्पणीहरू