४७ वर्षअघि चोरेर अमेरिका पुर्याइएको मूर्ति फर्काईंदै
नेपालबाट चोरेर संयुक्त राज्य अमेरिका पुर्याइएको अर्को मूर्ति पनि फकाइने भएको छ । कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीको संग्रहालयमा रहेको नवौँ शताब्दीको ढुंगाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्न लागेको हो ।
मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच हिजो हस्ताक्षर भएको छ ।
४७ वर्ष भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । न्यूयोर्कस्थित महावाणिज्य दूतावासले विश्वविद्यालयको आर्ट ग्यालरी र पुरातत्व विभागको समन्वयमा मूर्ति नेपाल फिर्ता ल्याउन लागेको हो ।
टिप्पणीहरू