क्युवाको राजधानी हवानामा विस्फोट, गर्भवतीसहित २२ को मृत्यु

क्युवाको राजधानी हवानामा विस्फोट, गर्भवतीसहित २२ को मृत्यु

क्युवाको राजधानी हवानास्थित साराटोगा होटलमा स्थानीय समयअनुसार शुक्रबार भएको शक्तिशाली बम विस्फोटमा एक गर्भवती महिला र बच्चासहित २२ जनाको मृत्यु भएको छ ।

विस्फोटमा ४० जना घाइते भएका छन् । घटनाबारे अहिलेसम्म थप जानकारी प्राप्त भएको छैन ।

क्युवा र राजधानी हवाना विश्वकै सुरक्षित स्थानमध्ये एक मानिन्छ । तर हिजो भएको घटनाले क्युवाको शान्ति सुरक्षाबारे नयाँ बहस शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिप्पणीहरू