युवा संघका नेताको टाउकोमा प्रहार
चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले प्रहार गरेको हतियारबाट थापा गम्भीर घाइते भएका छन् ।
खैरहनी–८ स्थित आफ्नै घर नजिकै उनीमाथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले जानकारी दिए । प्रहारबाट थापाको टाउको, हात र गोडामा गहिरो चोट लागेको छ ।
घटनाको अनुसन्धान गर्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्षअघि नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।
राजनीतिक प्रतिशोधका कारण उनीमाथि आक्रमण भएको प्रहरीले अनुमान गरेको छ ।
टिप्पणीहरू