खोप : अस्ति लगाउने भनियो, अहिले नलगाउने

खोप : अस्ति लगाउने भनियो, अहिले नलगाउने

स्वास्थ्य मन्त्रालयले निर्वाचनको दिन मतदानस्थलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता संगिता कौशल मिश्राका अनुसार सो दिन खोप अभियान सञ्चालन नहुने निर्णय गरिएको छ ।

मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि मतदान गर्नुपर्ने भएकाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले सो दिन खोप कार्यक्रम सञ्चालन नहुने आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचन सम्पन्न गर्न मतदानस्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।

मन्त्रालयले निर्वाचन अघि र पछिका दिनहरूमा तोकिएको खोप केन्द्रहरूमा कोभिड १९ विरुद्ध नियमित खोप अभियान सञ्चालन हुने जानकारी पनि दिएको छ ।

यसअघि मन्त्रालयले मतदानस्थलमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको थियो । तर, निर्वाचन आयोगले उक्त कार्यक्रम मतदानस्थलमा सम्भव नहुने जानकारी गराएपछि स्वास्थ्य मन्त्रालय यसअघिको निर्णयबाट पछि हटेको हो ।

टिप्पणीहरू