चुनावको दिन भीषण वर्षा हुने चेतावनी, सचेत रहन विज्ञको सुझाव

चुनावको दिन भीषण वर्षा हुने चेतावनी, सचेत रहन विज्ञको सुझाव

जलवायुविद्हरुले स्थानीय तहको निर्वाचन आगामी शुक्रबारका दिन मुलुकभर वर्षा हुने भविश्यवाणी गरेका छन् । त्यसको निम्ति आवश्यक पूर्वतयारी गर्न उनीहरुले सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बंगालको खाडीमा बैशाख अस्तिदेखि उत्पन्न न्यूनचापीय अवस्था आजबाट समुन्द्रीआँधीको रुपमा विकसित हुँदै गएकाले त्यसको असर नेपालमा पनि पर्ने बताइन्छ । त्यसको निम्ति आवश्यक पूर्वतयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

उक्त आँधीको असर भारतको उडिसालगायत पूर्वी तटीय क्षेत्रमा बढी देखिने छ । नेपालमा भने आगामी बुधबारबाट प्रभाव देखिने जलवायुविद् डा. धर्मराज उप्रेतिले जानकारी दिनुभयो ।

चुनावकै दिन वर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित न्यूनचापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा ठूलो वर्षा हुने सम्भावना बढेको हो ।

‘२५ गतेदेखि बंगालको खाँडीमा न्यूनचापीय अवस्था समुद्री आँधीको रुपमा विकसित भएको छ । यो अवस्था बैशाख गत बिहीबारदेखि उत्पन्न भएको हो । न्यूनचापीय अवस्था विकसित हुँदै गर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ । त्यसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ,’ उहाँले भन्नुभयो ’त्यो आँधीको प्रभाव नेपालको पूर्वी भागमा वैशाख २७ गते रातिदेखि २८, २९, ३० मा बढी देखिने सम्भावना छ ।’

जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिन पनि सुझाव दिनुभएको छ ।

टिप्पणीहरू