काँग्रेस, माओवादी र समाजवादीका पत्रकार संगठनका अध्यक्षलाई २४ घण्टे पूर्जी

काँग्रेस, माओवादी र समाजवादीका पत्रकार संगठनका अध्यक्षलाई २४ घण्टे पूर्जी

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दल निकट पत्रकार संगठनका अध्यक्षलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरणपत्र थमाएको छ ।

आयोगले अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदैन ? पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै स्पष्टीकरण पेश गर्न २४ घण्टाको समय दिएको छ ।

आयोगले उक्त समयभित्र विज्ञप्ति हटाएर लिखित जवाफ पेश गर्न भनेको हो । आयोगको पत्रमा स्वतन्त्र पत्रकारले पेशागत संगठनको तर्फबाट हस्ताक्षरकर्ताले विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ, हुँदैन ? स्वतन्त्र पत्रकारको पेशागत संगठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दलको पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ मिल्दैन ? भनेर सोधिएको छ ।

हिजो नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेको थिए ।त्यहि विज्ञप्तिलाई देखाउँदै आयोगले स्पष्टीकरण सोधेको हो ।

टिप्पणीहरू