हङकङमा नयाँ नेतृत्व, ९७ प्रतिशतको समर्थन

हङकङमा नयाँ नेतृत्व, ९७ प्रतिशतको समर्थन

हङकङ विशेष प्रशासनिक क्षेत्रमा नयाँ मुख्य प्रशासक चुनिएका छन् । छैठौं मुख्य प्रशासकको निर्वाचनमा बेइजिङ निकट मानिएका जोन ली निर्वाचित भएका हुन् ।

हङकङ विशेष प्रशासनिक क्षेत्रको मुख्य प्रशासक निर्वाचन समितिका १४६० सदस्यद्वारा गरिएको मतदानमा ली निर्वाचित भएका हुन् । लीले १४१६ मत प्राप्त गरेको बताइएको छ ।

अब हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उनको नियुक्तिका लागि चीनको केन्द्रीय जनसरकारसमक्ष निर्वाचन परिणाम पेश गर्ने कानुनी व्यवस्था छ । नवनिर्वाचित मुख्य प्रशासकको कार्यकाल सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म पाँच वर्ष हुनेछ ।

स्रोत: सिन्ह्वा

टिप्पणीहरू