सोल्टीदोबाटोमा ट्रकले हानेर मान्छे मार्यो

सोल्टीदोबाटोमा ट्रकले हानेर मान्छे मार्यो

काठमाडौंको सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान ना ५ ख १९०९ नम्बरको ट्रक र बा ९४ प ८६७६ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । स्कुटर चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडि बसेकी कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

घाइते स्कुटर चालक ६३ वर्षीय ऋषि प्रसाद भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

टिप्पणीहरू