माओवादीबाट १५ जना निष्कासित

माओवादीबाट १५ जना निष्कासित

नेकपा माओवादी केन्द्रले सिरहामा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका १५ जनालाई पार्टीबाट हटाएको छ । माओवादी मधेस प्रदेश इञ्चार्ज गणेश साहले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र उनलाई सहयोग गरेकाहरुलाई कारबाही गरिएको जानकारी दिएका हुन् ।

जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरलाई बागी उम्मेदवारलाई सहयोग गरेको आरोप लागेको छ । कर्जन्हा नगरपालिकाको मेयर पदमा बागी उम्मेदवार बनेका युगेश्वरप्रसाद राउतलाई सहयोग गरेको भन्दै सभापति ठाकुरसहित १५ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निकालिएको हो ।जिल्ला समन्वय समितिका सभापति ठाकुर, मेयरका बागी उम्मेदवार राउत, रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीले कारबाही गरेको हो ।

कर्जन्हा नगरपालिकामा माओवादीले निवर्तमान मेयर गंगा पासवानलाई अहिले पनि मेयरको उम्मेदवार बनाएको छ ।

टिप्पणीहरू