निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्तको निवेदन अस्वीकार

निर्वाचन आयोगद्वारा पूर्वप्रमुख निर्वाचन आयुक्तको निवेदन अस्वीकार

निर्वाचन आयोगले आयोगका पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षक हुनबाट रोकेको छ । डा. यादव राजनीतिक दलसँग आवद्ध भएको कारण देखाउँदै उहाँको पर्यवेक्षक बन्ने निवेदनलाई अस्वीकार गरिएको बताइएको छ ।

आयोग स्रोतका अनुसार उहाँ प्रमुख आयुक्त भए पनि हाल नेकपा माओवादी केन्द्रमा आबद्ध भएका कारण पर्यवेक्षकको रुपमा अनुमति दिन नमिल्ने भएकाले त्यसो गरिएको हो ।

तर यादवले आयोगले आफूमाथि पूर्वाग्रह राखेर पर्यवेक्षकको अनुमति दिन अस्वीकार गरेको प्रतिक्रिया दिनुभएको छ ।

टिप्पणीहरू