धर्मेन्द्रको टोलीलाई कसले जिम्मा लियो ?

धर्मेन्द्रको टोलीलाई कसले जिम्मा लियो ?

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सामान्य सोधपुछपछि प्रहरीले छाडिदिएको छ । आज बिहान ५ बजे नेपालगन्ज जाने बसबाट भालुबाङमा झारिएको बास्तोलाको टोलीलाई प्रहरीले एकछिन अघि मात्र छोडेको हो ।

बाँस्तोलासहित अछाम रामारोशनका राजेन्द्र साउद र काभ्रे महभारतका असल मोक्तान पनि नियन्त्रणमुक्त भएका छन् । उनीहरुलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, भालुवाङबाट खटिएको प्रहरी टोलीले पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ५ ख ३३७८ नं. को बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।

भोलि हुन लागेको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि ती नेताहरुको निगरानी गर्न प्रहरी प्रधान कार्यालयले सबै जिल्ला प्रहरी कार्यालयलाई हिजो साँझ सर्कुलर गरेको थियो ।

टिप्पणीहरू