रोल्पामा माओवादी र एमाले–काँग्रेस गठबन्धनको अर्को भीडन्त

रोल्पामा माओवादी र एमाले–काँग्रेस गठबन्धनको अर्को भीडन्त

रोल्पामा ‘एमाले–काँग्रेस’ गठबन्धन र माओवादी केन्द्रका कार्यकर्ताबीच पुनः झडप भएको छ । भोलि बिहानदेखि शुरु हुने मतदानको निम्ति मतदान केन्द्र व्यवस्थापन गरेर घर फर्कंदै गरेका ‘एमाले–काँग्रेस’ का कार्यकर्ता र माओवादी कार्यकर्ताबीच हानाहान भएको हो ।

थबाङस्थित उवामा माओवादीहरुले बाटो छेकेर आक्रमण गर्न खोजेपछि दुई समूहबीच झडप भएको हो । झडपपछि एमाले–काँग्रेसका झण्डै एक दर्जन कार्यकर्ता सम्पर्कविहीन भएको बताइएको छ ।

घटना आज बेलुकी साढे ८ बजेतिर भएको हो । घटनास्थलतर्फ सशस्त्र प्रहरीको एउटा टोली गइरहेको रोल्पाका सिडिओ नवराज सापकोटाले बताएका छन् ।

टिप्पणीहरू