मतदाता नगएपछि ४ वटा मतदान केन्द्रमा कर्मचारी र प्रहरी मात्रै
बिहान ७ बजेबाट सुुरु हुनुपर्ने मतदान हुम्लामा अहिलेसम्म सुुरु हुन सकेको छैन । जिल्लाका चार वटा मतदान केन्द्रमा ९ बजेसम्म मतदान कार्य सुुरु हुन नसकेको हो ।
पानी परेर चिसो बढेपछि मतदाता अनुपस्थित भएको कारण मतदान हुन नसकेको हो ।
मतदान शुरु नभएका मतदान केन्द्रहरुमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुमावि मतदान केन्द्र हुन् । त्यसैगरी चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र र नाम्खा गाउँपालिका–४ को महाबौद्ध मावि मतदान केन्द्र हुन् ।
टिप्पणीहरू