हुम्लामा झडप: मतदान अधिकृत घाइते, प्रहरीद्वारा हवाई फायर
हुम्लाको एउटा मतदान केन्द्रमा दुई उम्मेदवारका प्रतिनिधिहरुबीच झडप भएको छ । झडपमा मतदान अधिकृत घाइते भएका छन् ।
चंखेली गाउँपालिका–२ को महादेव मावि मतदान केन्द्रमा केही बेरअघि हानाहान भएको हो । सत्ताधारी गठबन्धन दल पक्ष र अध्यक्षका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षबीच भएको हानाहानमा अरु दुई जना कर्मचारी पनि घाइते भएको बताइएको छ ।
झडप उग्र हुन थालेपछि प्रहरीले हवाइफायर गरेको छ । स्थिति नियन्त्रणमा आए पनि अहिले मतदान कार्य रोकिएको छ ।
टिप्पणीहरू