गृहमन्त्रीको जिल्लामा शंकास्पद वस्तु, डिस्पोजल टोली जाँदै
स्थानीय तहको निर्वाचनमा मतदान गर्न गृहजिल्ला रुपन्देही पुग्नुभएका गृहमन्त्री बालकृण खाँणको जिल्लामा शंकास्पद वस्तु फेला परेको छ । देवदह गाविसमा उक्त वस्तु फेला परेको हो ।
हिजो राति ११ बजे फेला परेको उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनाको एउटा टोली त्यसतर्फ जान लागेको बताइएको छ । देवदह नगरपालिका १० चरङ्गेस्थित सीता माविको गेट अगाडि शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित देखिएका छन् ।
वोटल आकारमा रहेको वस्तुलाई पर्चा र टेपले वेरिएको छ भने त्यसमा तार जोडिएको बताइन्छ ।
टिप्पणीहरू