मतदानमा खटिएका प्रहरीमाथि कारबाही, ३ महिना निलम्बन

मतदानमा खटिएका प्रहरीमाथि कारबाही, ३ महिना निलम्बन

नेपाल प्रहरीले स्थानीय तह निर्वाचन, २०७९ मा थप मद्दतका रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदानस्थलमा खटिएका कमाण्डरलाई निलम्बन गरेको छ । कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्ट निलम्बनमा परेका हुन् ।

भट्टले नेपाल प्रहरीको छबिमा आँच आउने र प्रहरी कर्मचारीलाई असर पुर्याउने कार्य गरेकाले प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

प्रारम्भिक छानबिनबाट उनले अनुचित आचरण र व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको देखिएपछि निलम्बन गरिएको बताइएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम उनीमाथि थप जाँचबुझ र छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम हिजोको निर्णयअनुसार तीन महिनाका लागि निलम्बन गरिएको हो ।

टिप्पणीहरू