‘हाेली वाइन’ वाला ढकालले गाेरखा पुगेर खसाले भाेट
‘हाेली वाइन’ भनेर चिनिने नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मतदान गरेका छन् ।
उनले गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा–८ स्थित जागेश्वर उच्च माविको मतदान केन्द्रमा मत खसालेका हुन्।
स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउनुका साथै विकास निर्माणले तीव्रता पाउने पनि ढकालले अपेक्षा गरेका छन् । उनले महँगो र अस्वस्थ चुनावी प्रतिस्पर्धाप्रति चिन्ता ब्यक्त गरेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रभावशाली नेताहरूलाई जम्मा पारेर युनिभर्सल पीस फाउन्डेसन आयोजक बनेको एक सम्मेलन हायात होटलमा सम्पन्न भएको थियो । यसका मुख्य योजनाकार थिए,उनै ‘हाेली वाइन’ ढकाल।
टिप्पणीहरू