मतपत्र देखाउने पूर्वप्रधानमन्त्रीलाई एकैछिनमा स्पष्टीकरण
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । उहाँले आज बिहान स्वस्तिक चिन्हले मत संकेत गरेको मतपत्र सार्वजनिक गरेलगत्तै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
निर्वाचन ऐन २०७३, दफा ९ को उपदफा (२) बमोजिम उहाँलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । उक्त कार्य गर्ने मतदातालाई निर्वाचन आचारसंहिताअनुसार १५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
आज डा. भट्टराईले गोरखा पालुङटार नगरपालिका–१, अन्नपूर्ण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सामाजिक सञ्जालमा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको थियो ।
टिप्पणीहरू