६० प्रतिशत मत खसिसक्यो : निर्वाचन आयोग

६० प्रतिशत मत खसिसक्यो : निर्वाचन आयोग

आज बिहान ७ बजेदेखि भएको मतदानमा दिउँसो ४ बजेसम्म समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

निर्वाचन आयोगले मुलुकभरका अधिकांश मतदान केन्द्रमा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी प्राप्त गरेको हो ।

अझै मतदानको निम्ति तोएिको समय आधा घण्टा बाँकी छ । अपरान्ह ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसेकका मतदाताले मतदा गर्न पाउँछन् ।

टिप्पणीहरू