त्रियुगा नगरपालिकामा स्थानीयले मतपेटिका उठाउन दिएनन्

त्रियुगा नगरपालिकामा स्थानीयले मतपेटिका उठाउन दिएनन्

उदयपुरको त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रमा मतदान सम्पन्न भए पनि मतपेटिका उठाइएको छैन । पुरानो गाईघाट बुथमा थोरै मत खसेपछि स्थानीयले वास्तविकता पत्ता लगाउन मतपेटिका उठाउन नदिएका हुन् ।

उनीहरुले घेराउ र नाराबाजी गरिरहेका छन् । सुरक्षाकर्मी व्यापकरुपमा थपिएको बताइएको छ ।

यसअघिका अधिकांश निर्वाचनमा ७० प्रतिशतभन्दा धेरै मत खस्ने गरेको उक्त बुथमा आजको मतदानमा मुश्किलले ५० प्रतिशत खसेको हो ।

कुल ३१ सय मतदाता रहेको उक्त बुथमा आज अपरान्ह ५ बजेसम्म १६ सय मत खसेको हो ।

टिप्पणीहरू