मतदानपछि काँग्रेससँग एमाले–माओवादी गठबन्धनको झडप, काँग्रेस उम्मेदवार घाइते
आज साँझ गुल्मीमा नेपाली काँगेस र एमाले–माओवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । साँझ साढे ८ बजेको समयमा धुर्कोट गाउँपालिका ४, बरवोटमा दुई समूहका झण्डै दुई सय जना कार्यकर्ताबीच हानाहान भएको हो ।
झडपमा घाइते भएका नेपाली काँग्रेसका कार्यकर्ता सञ्जय नेपालीलाई स्थानीय मेडिकलमा उपचार गरिएको छ । सख्त घाइते भएका नेपाली काँग्रेसकै वडाध्यक्ष पदका उम्मेदवार गोपाल थापा र कार्यकर्ता निरञ्जन कुँवरलाई थप उपचारको निम्ति जिल्ला अस्पताल तम्घास लगिएको छ ।
भीडन्तपछि उक्त स्थानमा सहायक प्रहरी निरीक्षक लक्ष्मणप्रसाद पन्थीको कमाण्डमा १२ जनाको टोली परिचालन गरिएको छ । घटनामा संलग्न छ जनालाई नेपाल प्रहरीले प्रकाउ गरी सोधपुछ गरेको थियो ।
टिप्पणीहरू