धनकुटामा पनि मतदान स्थगित

धनकुटामा पनि मतदान स्थगित

आज भएको स्थानीय तहको निर्वाचनअन्तर्गतको मतदान कार्य धनकुटाको एउटा स्थानीय तहमा स्थगित भएको छ । शहिदभूमि गाउँपालिकामा बिहान ११ बजेदेखि भएको विवादको समाधान नभएपछि मतदान स्थगित गरिएको हो ।गाउँपालिकाको वडा नम्बर ६ को ठाकुरदेवी माविको क केन्द्रमा बिहान ७ बजे मतदान प्रारम्भ भएपनि ११ बजेबाट अघि बढ्न नसकेको हो ।

अशक्त, असहाय तथा वृद्ध मतदाताहरुको तर्फबाट एउटै व्यक्तिले पटक पटक मतदान गरेको विषयले उग्र रुप लिएपछि विवाद समाधान गर्न नसकिएको हो । पटक पटक सर्वदलीय बैठक राख्दा समेत बेलुकीको ५ बजेसम्म पनि विवादको निरुपण हुन नसकेको र थप भौतिक क्षति हुनसक्ने भएकाले मतदान अधिकृतले मतदान स्थगितको निर्णय गरेका हुन् ।

टिप्पणीहरू