सल्यानमा माओवादीका वडाध्यक्ष उम्मेदवार विजयी

सल्यानमा माओवादीका वडाध्यक्ष उम्मेदवार विजयी

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस–एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकी बनेका छन् ।

महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

काँग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो ।

उक्त वडाबाट काँग्रेस–एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने काँग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू