धुलिखेलमा मतणना जारी, मेयरमा स्वतन्त्र उम्मेदवार अगाडि
धुलिखेल नगरपालिकामा भइरहेको मतगणनाको पछिल्लो विवरणमा स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् । वार्ड नम्बर १ बाट शुरु मतगणनामा केही बेरअघि १००० मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार जेब्रा चिन्ह लिएकाको ४५२ मत आउँदा एमाले उम्मेदवारको ३७१ मत देखिएको छ ।
त्यस्तै उपमेयरमा नेपाली काँग्रेसले ४५६ मत ल्याएको अवस्थामा एमालेले ३८५ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा नेपाली काँग्रेसको ४५५, एमालेको ३७० मत प्राप्त भएको हो ।
टिप्पणीहरू