सल्यानकाे कुमाख–७ मा माओवादी केन्द्रको प्यानल नै विजयी
सल्यानको कुमाख गाउँपालिका –७ को वडा अध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् ।
शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी,महिला सदस्य,दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।
याे वडा– माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैसीको वडा हो ।
कूल मतदाता १९८९ रहेको वडा–मा १३३८ मत खसेको थियो ।
टिप्पणीहरू