रोल्पाको कुरेलीमा माओवादीका उम्मेदवार विजयी
राेल्पाकाे परिवर्तन गाउँपालिका-१ कुरेलीमा माओवादी केन्द्रले प्यानलै जितेको छ ।
माओवादीका उम्मेदवारले ७६३ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिद्दन्द्दी कांग्रेसले ४७३ भोट पाएको छ ।
१३ सय ७८ मत खसेको यस वडाबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई ७१५ मत परेको छ भने कांग्रेस-एमाले गठबन्धनलाई ५५३ भोट गएको छ । त्यस्तै, उपाध्यक्षमा माओवादी उम्मेदवारले ७२१ र गठबन्धनका उमेदवारले ४०६ मत पाएका छन् ।
यो वडामा विप्लवको स्वतन्त्र पुतलीले अध्यक्ष र उपाध्यक्षमा ३-३ भोट पाएको छ ।
टिप्पणीहरू