उदयपुरमा गठबन्धनका उम्मेदवारहरुको विजयी शुरुवात

उदयपुरमा गठबन्धनका उम्मेदवारहरुको विजयी शुरुवात

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन उम्मेदवारहरु विजयी भएका छन । सबैभन्दा दुर्गम मानिने लिम्चुङबुङ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकाहरुले जितेका हुन् ।

निर्वाचन अधिकृतका अनुसार वडा नम्बर ४ बलम्तामा खसेको ९८७ मतमध्ये वडाध्यक्षका उम्मेदवार क्षत्र राईले ४२८ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी वडा नम्बर ५ को वडाध्यक्षमा जाँते बसन्त भनिने कविचन्द्र राई विजयी भएका छन् । उनले खसेको ८५५ मतमध्ये ३०४ मत ल्याएका हुन् ।

दुवैका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारहरु बनेका छन् । गाउँपालिकामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादीकेन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । दुवै पालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मेजर राईले ७०२ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका राजकुमार राईले ४५४ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनतर्फबाट नेपाली काँग्रेसका पुष्प राईले ५८८ मत ल्याएका अग्रता कायम राखेका छन् ।

अग्रता कायम गर्ने मेजर राई पालिकाका निवर्तमान अध्यक्ष हुन् भने उपाध्यक्ष राई नेपाली काँग्रेस गाउँपालिका इकाइका सभापति हुन् । पालिकामा जम्मा पाँच वटा वडा छन् ।

टिप्पणीहरू