चन्द्रागिरीमा प्रमुखमा एमाले अगाडि, वडामा कांग्रेस र माओवादी
काठमाडौँको चन्द्रागिरी नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवारले ९२४ मतसहित अग्रता बनाएका हुन् ।
त्यस्तै, कांग्रेसका उम्मेदवारले ७५३ मत प्राप्त गरेका छन् ।
अहिले वडा नम्बर १ र २ को मतगणना भैरहेको छ । वडा नम्बर १ को १३ सय मत गणना हुँदा एमालेले ७०४ र काँग्रेसले ४७२ भोट ल्याएको छ । वडा नम्बर २ भने माओवादी केन्द्रको अग्रता छ । वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले ५४७ भोट पाएका छन् ।
एक हजार भोट गनिसक्दा कांग्रेसका उम्मेदवारले २८० भोट ल्याउँदा एमाले उम्मेदवारले १७३ मत प्राप्त गरेका छन् ।
टिप्पणीहरू