रोल्पामा अर्का काँग्रेस विजयी

रोल्पामा अर्का काँग्रेस विजयी

रोल्पा नगरपालिका–३ को वडाध्यक्षमा नेपाली काँग्रेसका राजकुमार पुरी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार भरत विष्टलाई पराजित गरेका हुन् ।

पुरीले विष्टलाई १ सय ४५ मतान्तरले पराजित गरेका हुन् । वडाध्यक्ष पुरीसहित खुला सदस्य लिलबहादुर थापा, कल्पना घर्ती, महिला सदस्य प्रेमा बुढाथापा र दलित महिला सदस्य तिला नेपाली पनि विजयी भएका छन् ।

त्यस्तै, नेपाली काँग्रेसले रोल्पामा हालसम्म तीनवटा वडा जितेको छ । यसअघि गंगादेव गाउँपालिका–१ र ७ मा काँग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भइसकेका छन् ।

टिप्पणीहरू