ललितपुर महानगरपालिका १ को वडाध्यक्षमा पुतली चिन्ह विजयी

ललितपुर महानगरपालिका १ को वडाध्यक्षमा पुतली चिन्ह विजयी

ललितपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार निर्मल तण्डुकारले जित हात पारेका छन् । उनले ६ सय ६१ भोट ल्याएर वडाध्यक्ष जित्न सफल भएका हुन् ।

प्रमुख प्रतिश्पर्धी नेपाली काँग्रेसका धुर्व तण्डुकारले चार सय २५ ल्याएका छन् ।

वडा नम्बर १ को मतगणनामा महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले आठ सय ७७ र नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले चार सय दुई मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्यले चार सय ४४ र गठबन्धनबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यले दुई ६७ मत पाएका छन् ।

टिप्पणीहरू