रामेछापको मन्थली १४ मा एमालेको प्यानल विजयी

रामेछापको मन्थली १४ मा एमालेको प्यानल विजयी

रामेछापको मन्थली नगरपालिकाको १४ नम्बर वडामा एमाले उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा एमाले उम्मेदवारले ६७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवारले ३९२ मत ल्याएका छन् ।

माओवादीका उम्मेदवारले ४३५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ५८ र स्वतन्त्रले १ भोट पाएका हुन् ।

महिला वडा सदस्यमा एमालेकी उम्मेदवारले ६५१, दलित महिला सदस्यमा पनि एमालेकी उम्मेदवारको ६४७, खुल्ला सदस्यमा एमालेकै उम्मेदवारको ६५६ र अर्का सदस्यमा एमालेका उम्मेदवारले ६४० मत प्राप्त गरेका छन् ।

ती सबै उम्मेदवारका निकटतम प्रतिद्वन्दी काँग्रेस उम्मेदवार थिए । तेस्रोमा माओवादी उम्मेदवार र चौथोमा नेकपा एकीकृत समाजवादी भएको हो ।

टिप्पणीहरू