काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)
काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतगणनापछि प्राप्त परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह नै अगाडि देखिएका छन् । उनी २ हजार ७१ मतका साथ अगाडि देखिएका हुन् ।
त्यसैगरी एमाले उम्मेदवार केशव स्थापित १ हजार १ सय ६४ मत, नेपाली काँग्रेसकी सिर्जना सिंह १ हजार ६ मत प्राप्त गरेका छन् ।
अहिले महानगरका वार्ड नम्बर १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
साहले ती वडाबाट क्रमशः ४४९, ४५७, २१४, ४७१ र ४८० मत पाएका छन् । स्थापितले पनि क्रमशः २०३, ३०२, १५४, २३९ र २६६ मत प्राप्त गरेका हुन् ।
त्यस्तै सिंहले क्रमशः २७७, १६०, १३५, २११ र २२३ मत पाएकी छन् ।
टिप्पणीहरू