कास्कीका १३ वडाको परिणाम : काँग्रेसले दोब्बर जित्यो

कास्कीका १३ वडाको परिणाम : काँग्रेसले दोब्बर जित्यो

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नपाली कांग्रेस ९ वडामा विजयी हुँदा एमालेले ४ ठाउँमा जितेको छ ।

माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडा कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले अनि २ र ३ एमालेले जितेको छ ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ ।

टिप्पणीहरू