बुटवल, पाँचथर र दोलखामा कलम चिन्हका उम्मेदवार वडाध्यक्ष निर्वाचित

बुटवल, पाँचथर र दोलखामा कलम चिन्हका उम्मेदवार वडाध्यक्ष निर्वाचित

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर २ मा सुनिल शाक्य विजयी भएका हुन् ।

उता पाँचथरको फालेलुङ गाउँपालिकामा पनि सोही पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । फालेलुङको वडा नम्बर ६ मा अमरवीर राई पूरै प्यानलसहित अध्यक्ष भएका हुन् ।

त्यसैगरी दोलखाको मेलुङ गाउँपालिकामा पनि एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष बनेका हुन् । मेलुङ २ मा सोही पार्टीले अध्यक्ष जितेको हो ।

टिप्पणीहरू