रौतहटका धेरै वडामा एकीकृत समाजवादीका उम्मेदवारलाई विजयको माला

रौतहटका धेरै वडामा एकीकृत समाजवादीका उम्मेदवारलाई विजयको माला

रौतहटमा नेकपा एकीकृत समाजवादीका धेरै जना उम्मेदवारले वडाध्यक्ष पदमा विजयी भएका छन् । तीमध्ये ईशनाथ नगरपालिका १ मा बिगु शाह व्यास, दुर्गा भगवती गाउँपालिका १ मा प्रद्युम्न चौधरी र गौर नगरपालिका १ मा लालबाबु चौधरीले जितेका हुन् ।

गौर नगरपालिका १ मा एकीकृत समाजवादीको प्यानल नै जितेको हो । त्यसैगरी राजदेवी नगरपालिका १ मा पनि सोही पार्टी उम्मेदवार नरेश यादव पूरै प्यानलसहित विजयी भएका हुन् ।भर्खरै गौर नगरपालिकाको वार्ड नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका विनोद जयसवाल विजयी भएका छन् ।

टिप्पणीहरू