लिम्चुङवुङको अध्यक्षमा माओवादीका मेजर निर्वाचित

लिम्चुङवुङको अध्यक्षमा माओवादीका मेजर निर्वाचित

उदयपुरको लिम्चुङवुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मेजर राई निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित राई सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राजकुमार राई भएका छन् । निर्वाचित राईले दुई हजार ५१ मत पाउँदा राजकुमारले एक हजार पाँच ८९ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार काँग्रेसका पुष्पलाल राईले जितेका छन् । उनले एमालेकी देवीकुमारी कार्कीलाई पराजित गरेका हुन् ।

टिप्पणीहरू